YouTube doesn't want you know this subscribers secret
Get Free YouTube Subscribers, Views and Likes

राजमार्गको मर्म नबोकेको मदन भण्डारी राजमार्ग || Madan Bhandari highway ||

Follow
Drishya TV

मदन भण्डारी राजमार्ग भित्री मधेशको सम्म भूभागमा छ। तर यहाँ सवारी हाँक्दा छिनछिनमा ब्रेक लगाउनुपर्छ। छिनछिनमा स्पीड घटबढ भइरहन्छ।

बाटो निकै घुमाउरो छ। तर पहाडको घुम्तीले हैन। सानो सानो मोड छ। तर जग्गा अपुग भएर हैन।

२०७५ जेठ ६ गते तत्कालीन मन्त्रिपरिषद्ले महेन्द्र राजमार्गको उत्तर र मध्यपहाडी राजमार्गको दक्षिणमा पर्ने गरी मदन भण्डारी राजमार्गको निर्माण गर्ने निर्णय गरेको थियो। र यो राजमार्ग नयाँ ट्र्याकमा हैन, पुरानै चलिआएको बाटोमा निर्माण गरिएको हो।

यो राजमार्गले पनि महेन्द्र र मध्यपहाडी जस्तै नेपालको पूर्व र पश्चिमलाई जोड्छ। झापाको शान्तिनगरबाट डडेलधुराको रूपाल जोड्ने यो राजमार्ग एक हजार २५० किलोमिटर लामो छ।

तर, यो राजमार्गमा यात्रा गर्दा यसको घुमाउरो बाटोले टाउको रिङ्ग्याउँछ। धेरैको आन्द्राभुँडी बटार्छ।

पछिल्लो २–३ वर्षको अन्तरालमा मात्र यहाँ थुप्रै सवारी दुर्घटना भइसकेका छन्।

मदन भण्डारी राजमार्गको भीमानबसाहा खण्डको पछिल्लो समय जिम्मेवारी पाएका इन्जिनियर हुन् गोपालप्रसाद खकुरेल। उनी आफैं पनि सडकको डिजाइनबाट त्यति सन्तुष्ट छैनन्।

तर, उनी यसलाई सहायक राजमार्गको रूपमा विकास गरिएको कारण ‘अल्टरनेट’ मात्र हुने र भविष्यमा सुधारको थुप्रै सम्भावना भएको बताउँछन्।

posted by chiliesx5